विपक्षी दलहरूकाे बैठकः साझा धारणा बनाउँदै
काठमाडौँ । संघीय संसदका विपक्षी दलहरूले सरकारले जारी गरेकाे अध्यादेश एवं पछिल्लाे राजनीतिक घटनाक्रमबारे छलफल गरेका छन् ।

साझा धारणा बनाउने र संयुक्त पत्रकार सम्मेलन मार्फत् सार्वजनिक गर्ने उनीहरूकाे तयारी छ ।
हिजो बसेको विपक्षी दलको संयुक्त बैठकले संसद्को हिउँदे अधिवेशन बोलाउन सरकारसँग माग गर्ने सहमति भएकाे थियाे ।
साझा धारणा तय गर्न नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुन र नेकपा एसका नेता बेदुराम भुषालको २ सदस्सीय कार्यदल बनाएको छ।
Facebook Comments

