शिक्षकहरूलाई आन्दोलन रोक्न सरकारकाे आग्रह

बैशाख १२ देखि बजेट अधिवेशन

आन्दोलनरत शिक्षकहरूलाई आन्दोलनका कार्यक्रम राेकी वार्ता मार्फत् समस्या समाधानका लागि सरकारले पुनः अपिल गरेकाे छ । शिक्षकका माग सम्बोधन गर्नकै लागि सङ्घीय संसदमा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक बजेट अधिवेशनकाे पहिलाे बैठकमा नै पेश गर्ने मन्त्री परिषदकाे निर्णय छ ।

मन्त्रिपरिषद् बैठकले शिक्षकका माग सम्बोधन गर्न बैशाख १२ मा संसद् अधिवेशन बोलाउने निर्णय गरेको छ ।

यसअघि भएका सहमति कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको भन्दै आन्दोलन छाडेर विद्यालयमा फर्कन शिक्षकहरूलाई अनुराेध गरेकाे छ ।

सरकारले मंगलबार राति बजेट अधिवेशन आह्वान गर्ने र सङ्घीय संसदमा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथाशक्य पारित गर्ने निर्णय गरेको थियो ।

शिक्षक महासङ्घले आफूहरूले उठाएका विषयमा राज्य यथावत् अनुदार देखिएको निष्कर्ष निकाल्दै प्रदर्शनलाई निरन्तरता दिने जनाएकाे छ ।

Facebook Comments