माैसमः पाँच प्रदेशका केही स्थानहरूमा भारी वर्षाकाे संभावना
जल तथा माैसम विज्ञान विभाग, पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ । त्यस्तै अरब सागर तथा बङगालको खाडिबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ ।
महाशाखाले आज दिउँसो देशभर साधारणतया बदली रहने देशका बिभिन्न स्थानमा मध्यम एवं भारी वर्षाकाे संभावना रहेकाे जनाएकाे छ ।
महाशाखाका अनुसार बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षा तथा बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
महाशाखाले आज राती देशभर साधारणतया बदली रहने उल्लेख गरेकाे छ ।
त्यस्तै कोशी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

