अशोक राई नेतृत्वको जसपाले बाेलायाे केन्द्रीय कार्यकारिणी समितिकाे बैठक

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी नेपालले केन्द्रीय कार्यकारिणी समितिकाे बैठक बाेलाएकाे छ । हालै बिभिन्न कम्युनिष्ट घटकहरूवीच एकीकरण भएर बनेकाे नेपाली कम्युनिस्ट पार्टीका नेताहरूसँगकाे छलफल सकारात्मक भएपछि केन्द्रीय कार्यकारिणी बैठक बाेलाइएकाे हाे ।

नेपाली कम्युनिष्ट पार्टी र जसपाबीच पार्टी एकताबारे छलफल भइरहेकाे छ ।

शनिबार पेरिसडाँडामा भएको वार्तामा सहभागी नेपाली कम्युनिस्ट पार्टीका नेता प्रमेश हमालले जसपाको वार्ता टोलीसँगको छलफल सकारात्मक भएको जानकारी दिनुभयाे । वैचारिक, सैद्धान्तिक कुरामा जारी छलफल सकारात्मक रहेकाे उहाँकाे भनाइ थियाे ।

छलफलमा जसपाको वार्ता टोली संयोजक राजेन्द्र श्रेष्ठ नेतृत्वको टोली सहभागी थियो । नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट हमालसहित देव गुरुङ र वर्षमान पुन लगायतका नेताहरू सहभागी थिए ।

Facebook Comments