प्रहरी महानिरीक्षकमा दिपक थापा नियुक्त
सरकारले प्रहरी महानिरीक्षक (आईजी)मा एआईजी दिपक थापालाई नियुक्त गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई आईजी बनाउने निर्णय गरेको हो । सुदीप गिरी र टेकबहादुर तामाङलाई महानिरीक्षकका लागि प्रतिस्पर्धी थिए ।

प्रहरीको ३१औं आईजी बन्नुभएका थापा स्थायी शिक्षकबाट राजीनामा दिएर प्रहरी सेवामा प्रवेश गर्नुभएकाे थियाे ।
Facebook Comments

