भारतीय विदेश सचिव आउँदै

भारतका विदेश सचिव विक्रम मिस्री आज नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिने प्रयाेजनका लागि मिस्री नेपाल आउन लाग्नुभएकाे हाे ।

प्रधानमन्त्री ओलीले भदौ ३१ देखि दुई दिनसम्म भारतको भ्रमण गर्ने तयारी छ ।

परराष्ट्र सचिव अमृत बहादुर राईको निमन्त्रणामा भारतीय विदेश सचिव मिस्री भदौ १ देखि २ गतेसम्म नेपाल भ्रमणमा रहने भारतीय विदेश मन्त्रालयले आज विज्ञप्तिमार्फत जनाएको छ । 

भारत र नेपालबिचको सम्बन्ध ऐतिहासिक, घनिष्ठ र मित्रतापूर्ण रहेको जनाउँदै विदेश मन्त्रालयले हालैका वर्षहरूमा दुवै देशबिच विभिन्न क्षेत्रमा उल्लेखनीय प्रगति भएको जनाएको छ ।

मिस्रीले राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्री विभिन्न राजनीतिक दलका नेताहरूलाई भेट गर्ने कार्यक्रम छ ।

Facebook Comments