नारायणगढ–मुग्लिन सडकखण्डकाे सुख्खा पहिरो हटाइयाे

सुक्खा पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड पहिरो हटाएपछि सञ्चालनमा आएको छ । प्रहरीका अनुसार जेसिभी प्रयाेग गरेर सडकमा खसेका ग्रेगान हटाइएकाे हाे ।

चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकखण्डमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध बनेको सडक बिहान ८ः१० बजेपछि दुई तर्फी सञ्चालनमा आएको हो । 

सो ठाउँमा चट्टानसहितको पहिरो खसेका कारण  गन्तव्यमा हिँडेका सयाैं सवारीसाधन रोकिएका थिए । 

Facebook Comments