विश्वकर्मा पूजा गरिंदै

आज सवारी साधन, कलकारखाना र विभिन्न मेशिनरी सामग्रीको पूजाआजा गरी विश्वकर्मा पूजा मनाइँदैछ ।

विहानैदेखि राजधानी काठमाडाैंको भद्रकालीमा भगवान् विश्वकर्माको पूजा गर्न श्रद्धालुहरू पुगेका छन् ।

प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन मनाइने विश्वकर्मा पूजाको दिन  विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको मूर्ति वा तस्बिर स्थापना गरी विधिपूर्वक पूजा आराधना गर्ने प्रचलन रहेको छ ।

त्यस्तै घरमा रहेका सवारी साधन, मेसिनरी सामानकाे पनि पुजा गर्ने प्रचलन छ ।

Facebook Comments