कांग्रेसकाे केन्द्रीय कार्यसमिति बैठक, नियमित महाधिवेशनमा जाेड
नेपाली कांग्रेसको असोज २८ गतेदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठक बिहान ११ बजेदेखि सुरु हुनेछ । बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी छ । जेनजी प्रर्दशनपछि कांग्रेसमा महाधिवेशन गरी नेतृत्व परिवर्तन गर्नुपर्ने मत बढिरहेकाे छ ।
यही असोज २८ गतेदेखि सुरु भएको पहिलो दिनको बैठकबाटै देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहकको जिम्मेवारी दिएर बिदा लिनुभएकाे थियाे ।
हिजाे बसेकाे बैठकमा सात जना नेताले आ-आफ्नो धारणा राखेका छन् । नेताहरूले नियमित महाधिवेशनमा जाेड दिएका छन् ।
विशेष महाधिवेशनकाे माग गर्दै असाेज २९ मा कार्यवाहक सभापति समक्ष ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूकाे हस्ताक्षर बुझाइएकाे थियाे ।
Facebook Comments

