ईपीएसका लागि भाषा परीक्षा हुँदै
रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जानका लागि भाषा परीक्षा शुरू हुँदैछ ।
काेरिया जानका लागि आवेदन दिएकाहरुको भाषा परीक्षा आजबाट सुरु हुन लागकाे हाे । उत्पादन क्षेत्रमा काम गर्न आवेदन दिएका ६७ हजार परीक्षार्थी परिक्षामा सहभागी हुनेछन् ।
सन् २०२५ मा ईपीएसमार्फत् बिभिन्न क्षेत्रमा काम गर्ने प्रयाेजनका लागि एक लाख दुई हजार ५१५ परीक्षार्थीले आवेदन दिएका छन् ।
यसअघि नै भाषा परीक्षा पास गरेका मध्ये काेरिया जान नपाएकाहरूले भने पहिला पास भएकाहरूले जान पाउनुपर्ने माग राख्ने गरेका छन् ।
Facebook Comments

