माैसमः मनसुन कमजाेर, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम जारी

कोशी प्रदेशको तराई भू-भाग तथा बाग्मती र गण्डकी प्रदेशका केही स्थानमा रातमा भारी वर्षाकाे संभावना

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुन केही कमजोर रहेको छ। तथापि, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम रहीरहेको जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

महाशाखाका अनुसार आज साेमबार दिउँसो देशभरकाे माैसममा साधारणतया बदली रहनेछ ।

महाशाखाले जारी गरेकाे माैसम पूर्वानुमान बुलेटिनमा कोशी प्रदेश,बागमती प्रदेश, मधेश प्रदेश र लुम्बिनी प्रदेशको तराई र पहाडी भू-भाग लगायत देशको बाँकी पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी तराई भू-भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको उल्लेख छ ।

त्यस्तै लुम्बिनी प्रदेशको तराइ र बाग्मती प्रदेशको पहाडी भु-भागको एक दुइ स्थानमा भारी बर्षाको सम्भाबना रहेको छ।

महाशाखाका अनुसार आज राती कोशी प्रदेश र मधेश प्रदेश प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ ।

त्यस्तै मधेश प्रदेश, कोशी प्रदेशको पहाडी तथा तराई भू-भाग लगायत बाँकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती नै कोशी प्रदेशको तराई भू-भाग तथा बाग्मती र गण्डकी प्रदेशका पहाडी भु-बागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

Facebook Comments