प्रधानमन्त्री कार्की र भारतीय समकक्षी मोदीबिच फाेनवार्ता हुँदै

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय समकक्षी नरेन्द्र मोदीबिच आज टेलिफोन संवाद हुने भएको छ । मंगलबार हुने भनिएकाे वार्ता स्थागित भएपछि आज वार्ता हुन लागेकाे हाे ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार आज उनीहरूबिच टेलिफोन संवाद हुने भएको हो । भारतीय प्रधानमन्त्री माेदीले यसअघि नै कार्की नेतृत्वकाे सरकारलाए बधाइ दिइसकेकाे छ ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीसँग सिंहदरबारमा भेटेर मोदीको सन्देश र नेपाल भारत सम्बन्धबारे छलफल गर्नुभएकाे थियाे ।

Facebook Comments