एनपीएल: दाेस्राे दिनकाे पहिलाे खेलमा चिवतन राइनोज र कर्णाली याक्स भिड्दै
दाेस्राे खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुने
नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो दिन आज दुई खेल हुँदैछन् । दाेस्राे दिनकाे पहिलाे खेलमा चिवतन राइनोज र कर्णाली याक्स प्रतिस्पर्धामा उत्रिँदै छन् ।
पहिलाे संस्करणकाे एनपीएलमा प्लेअफसम्मको यात्रा तय गरेका चिवतन राइनोज र कर्णाली याक्स प्रतिस्पर्धामा उत्रन लागेका हुन् ।
आजै हुने दोस्रो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै छ । त्रिवि क्रिकेट रंगशालामा हुने यो खेल अपराह्न ४ बजेदेखि सुरु हुनेछ ।
प्रतियोगिताको पहिलो संस्करणमा विराटनगर र पोखरा लिग चरणबाटै बाहिरिएका थिए ।
यसअघि, प्रतियोगिताको उद्घाटन खेलमा काठमाण्डू गोर्खाजले साविक विजेता जनकपुर बोल्ट्सविरुद्ध पाँच विकेटको जित निकालेको थियो ।
Facebook Comments

