एमाले प्रतिनिधिसभा विघटन विरूद्ध अदालत जाने

नेकपा एमालेले प्रतिनिधिसभा विघटन विरूद्ध अदालत जाने भएकाे छ । विघटित प्रतिनिधिसभामा एमालेबाट प्रतिनिधित्व गर्ने सांसदहरूकाे बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनविरुद्ध कानुनी र सडक गर्ने बताउनुभउकाे हाे ।

पार्टीले दुई प्रकारका कदम चाल्ने घोषणा गरेका छन् ।

मंगलबार विघटित एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कानुनी लडाई र सडक सङ्घर्ष गर्ने घोषणा गर्नुभयाे ।

‘एउटा कानुनी लडाई लड्छौ, दोस्रो सडक सङ्घर्ष गर्छौ’, अध्यक्ष ओलीले भन्नुभयाे, एमालेले गर्ने सङ्घर्ष आगजनी र तोडफोड गर्ने नभई संवैधानिक,शान्तिपूर्ण र जनताको जीउधनको रक्षा गर्ने हुनेछ ।’

अध्यक्ष ओलीले अहिलेको असंवैधानिक सरकार हट्नुपर्ने र त्यसमा कुनै मुलाहिजा नहुने बताउनुभयाे । वर्तमान सरकार ताेडफाेड र विध्वंशकाे जगमा बनेकाे उहाँकाे तर्क थियाे ।

उहाँले अदालतले संसद पुर्नस्थापना गर्ने जिकीर समेत गर्नुभयाे ।

Facebook Comments