माैसमः तराईमा हुस्सु/कुहिरो लाग्ने संभावना

नेपालमा हाल कुनै पनि माैसमी प्रणालीकाे प्रभाव नरहेकाे जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

महाशाखाका अनुसार लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने बिहानको समयमा तराईका क्षेत्रमा लाग्ने हुस्सु/कुहिरो लाग्ने संभावना छ ।

मध्यान्हसम्म क्रमिक रुपमा हुस्सु/कुहिरो हट्दै जाने महाशाखाले जनाएकाे छ ।

आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत बाँकी हिमाली भूभागमा आंशिक बदली रहने तथा रातकाे समयमा सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । 

शनिबार सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । 

Facebook Comments