माैसमः मनसुनी वायुकाे प्रभाव, पूर्वी तराइका केही स्थानमा हावा हुरीकाे संभावना

जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा मनसुन सक्रिय रहेकाे छ ।

हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू-भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ।

महाशाखाले कोशी प्रदेश र मधेश प्रदेशका तराइका भू-भागहरुका थोरै स्थानहरुमा हवा हुरिको सम्भावना रहेको उल्लेख गरेकाे छ ।

साथै देशको पश्चिम भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । महाशाखाले भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यूनचापिय क्षेत्रको समेत आंशिक प्रभाव रहेको उल्लेख गरेकाे छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। देशको पहाडी भू-भागको केही स्थानहरुमा तथा बाँकी भू-भागको थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेश,बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरू हल्का वर्षा/ हिमपातको सम्भावना रहेको छ। कोशी प्रदेश र मधेश प्रदेशका तराइका भू-भागहरुका थोरै स्थानहरुमा हवा हुरिको सम्भावना रहेको छ।

त्यस्तै आज राती देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। देशको पहाडी भू-भागको केही स्थानहरुमा तथा बाँकी भू-भागको थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेश,बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । देशका उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरू हल्का वर्षा/ हिमपातको सम्भावना रहेको छ।

Facebook Comments