नेपाली कम्युनिष्ट पार्टीले काठमाडौँमा सन्देश सभा गर्दै
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौँमा एकता सन्देश सभा गर्दैछ । आज ११ः३० बजेबाट बिभिन्न स्थानबाट र्यालीसहित भृकुटीमण्डपमा पुगेर सभा गर्न लागिएकाे साे पार्टीले जनाएकाे छ ।
बागमती प्रदेश, विशेष प्रदेश र सम्पर्क प्रदेशको संयुक्त आयोजनामा हुन लागेको सभामा करिब ५० हजार मानिस सहभागी हुने अपेक्षा गरिएको छ ।
सभामा शीर्ष नेताहरू संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव कुमार नेपाल, नेता झलनाथ खनाल, वामदेव गौतम, भीम रावल लगायत नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सभा भृकुटीमण्डपको तीनकुने सडकमा हुनेछ ।
पार्टी एकता सन्देश दिनका लागि नेकपाले मंसिर १२ गतेदेखि देशका बिभिन्न स्थानमा जिल्ला तथा प्रदेशस्तरीय एकता सन्देशसभा गर्दै आएकाे छ । ती सभाहरूमा शीर्ष नेताहरूले सम्बाेधन गर्ने गरेका छन् ।

Facebook Comments

