अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा सपथ ग्रहण

राष्ट्रपति पाैडेलकाे बधाइ एवं सपल कार्यकालको शुभकामना

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्याकालको लागि शपथ ग्रहण गर्नुभएकाे छ ।

सोमबार राजधानी वासिङटन डीसीमा आयोजित एक विशेष समारोहकाबीच अमेरिकाको ४७ औं राष्ट्रपतिको रूपमा ट्रम्पले प्रधानन्यायाधीशबाट शपथ ग्रहण गर्नुभएकाे हाे ।

शपथ ग्रहण समारोहमा विश्वभरका शीर्ष राजनीतिक नेतृत्वसहित अर्बपतिहरुसहित सर्वसाधारण सहभागीता थियो ।

ट्रम्पले अमेरिका मेक्सिको सीमा क्षेत्रमा राष्ट्रिय संकट लगाउने घोषणा गर्दै शपथकै दिन न्याय विभागका प्रमुखलाई बर्खास्त समेत गरेकाे बताइएकाे छ ।

ट्रम्पले सपथग्रहणपछिकाे अमेरिकामा अवदेखि केबल महिला र पुरूषमात्र हुने र कसैले पनि भेदभाव खेप्नुनपर्ने बताउनुभएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

राष्ट्रपति पौडेलकाे अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई

यसैवीच राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिकी दास्रो कार्यकालको राष्ट्रपतिको समप ग्रहण गरेसँगै समकक्षी डोनाल्ड ट्रम्पलाई बधाई दिनुभएकाे छ ।

मंगलबार राष्ट्रपति पौडेलले सामाजिक सञ्जालमार्फत अमेरिकाको ४७ औँ राष्ट्रपतिको रूपमा कार्यभार ग्रहण गरेको उपलक्ष्यमा ट्रम्पलाई बधाईका साथ सफल कार्यकालको शुभकामना दिनुभएकाे हाे ।

उहाँले अमेरिकाको राष्ट्रपतिका रूपमा ट्रम्पको दोस्रो कार्यकालमा नेपाल र अमेरिका दुई देशबिचको सम्बन्ध अझ बलियो हुने विश्वास समेत व्यक्त गर्नुभयाे ।

Facebook Comments