एमालेले बामदेष गाैतम नेतृत्वकाे राष्ट्रिय एकता अभियानसंग सहकार्य गर्ने
८२ साल भाद्रमा विधान महाधिवेशन हुने
नेकपा(एमाले) केन्द्रीय सचिवालयको ४४ औं बैठकले वामदेव गौतम् नेतृत्वको राष्ट्रिय एकता अभियानसंग सहकार्य गर्दै जाने निर्णय गरेकाे छ ।
त्यस्तै माघ, फागुन र चैत्र महिनामा वडा केन्द्रीत अभियान प्रभावकारी ढंगले संचालन गर्ने साे अभियानकाे लागि अभियानमा सम्पूर्ण पार्टी पंक्तिको परिचालनको योजना प्रदेश र जिल्ला कमिटीले बनाउने निर्णय गरेकाे छ ।
बैठकले अनुमोदन गर्न वाँकी रहेका गण्डकी, कर्णाली र सम्पर्क समन्वय कमिटीले गरेको प्रदेश कमिटी सदस्यको मनोनयनलाई अनुमोदन गरेकाे छ ।
पार्टीको विधान महाधिवेशन २०८२ साल भाद्र २०-२२ मा ललितपुरको गोदावरी सनराईज हलमा आयोजना गर्ने भएकाे छ ।
Facebook Comments

