सहसचिव भट्टराईले बिहीबार पनि अख्तियार धाउनुपर्ने
भिजिट भिसामा विदेश जाने सँग दैनिक लाखाैं असुली हुने गरेकाे सूचना एवं उजुरीपछि गृहका सचिव तिर्थराज भट्टराईलाई अख्तियारले नियन्त्रणमा लियाे ।
अख्तियारले साँझसम्म बयान लिएर कम्प्युटर, मोबाइललगायत ‘डिभाइस’ जफत गरी बिहीबार पुनः अख्तियार हाजिर हुने शर्तमा भट्टराईलाई छाडेकाे थियाे ।
गृह मन्त्रालयकै सेटिङमा भिजिट भिसामा विदेश पठाउँदा विमानस्थलमा दैनिक ५० लाखसम्म असुली हुने गरेको सूचनाका पाएपछि अख्तियारले छानविन गरेकाे थियाे ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विमानस्थलस्थित अध्यागमन कार्यालयमा छापा हानेर कार्यालय प्रमुख तीर्थराज भट्टराईसहित चारजनालाई नियन्त्रणमा लिई उनीहरूका कम्प्युटर, मोबाइललगायत ‘डिभाइस’ जफत गरेको हाे ।
भिजिट भिसामा खाडी देश जानेसँग अध्यागमनमा ५० हजारसम्म र युरोपियन देश जानेसँग तीन लाख रुपैयाँसम्म असुली हुने गरेको सूचना अख्तियार एवं गृहमन्त्रालयसम्म पुगेकाे थियाे ।
भट्टराईलाई मंगलबारमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट गृह मन्त्रालय तानिएकाे थियाे ।

