इरानका तीन परमाणु केन्द्रमा अमेरिकाकाे आक्रमण
अमेरिका सेनाले इरानका परमाणु केन्द्रमा आक्रमण गरेको छ । यसअघि २ हप्तामा इरान इजरायलवीच भइरहेकाे युद्धका बिषयमा ट्रम्पले निर्णय लिने भन्ने समाचार बाहिरिएपनि अमेरिकी सेनाले नेपाली समय अनुसार आइतबार बिहान पाैने पाँच बजेतिर आक्रमण गरेकाे हाे ।

अमेरिकी बमबाहक विमानले इरानका फोर्दो, नतान्ज र एस्फाहान परमाणु केन्द्रमा बम खसालेका हुन् ।

अमेरिकी सेनाका विमानहरू बम खसालेर सुरक्षित रूपमा फर्किसकेकाे राष्ट्रपति डाेनाल्ड ट्रम्पले दावी गर्नुभएकाे छ ।
ट्रम्पले भनेका छन्, ‘सबै विमान सुरक्षित तरिकाले आफ्नो घरतिर फर्किरहेका छन् । हाम्रा महान् अमेरिकी योद्धाहरुलाई बधाई । विश्वमा यस्तो गर्न सक्ने सेना अरु कसैसँग छैन ।’
इजरायल र इरानबीच युद्ध चलिरहेका बेला अमेरिका पनि इरानविरुद्धको आक्रमणमा उत्रिएको हो । इजरायलले इरानविरुद्ध १३ जुनदेखि आत्रमण सुरु गरेको थियो ।
इजरायलले गरेकाे आक्रमणमा अहिलेसम्म १० इरानी न्युक्लियर वैज्ञानिक, सेनाका तीन कमाण्डर र ४ जवानको मृत्यु भइसकेकाे छ । इरानले अमेरिकी विमान राेक्ने प्रयास गरेकाे जनाएकाे छ ।

