प्रधानमन्त्रीले विश्वासकाे मत लिनुपर्ने भन्दै दायर रिटकाे पेसी आज
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुपर्ने माग सहित दायर भएकाे रिटकाे पेसी आजको लागि ताेकिएकाे छ ।
विहीबार अधिवक्ता वीरेन्द्र केसीले सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएकाले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुपर्ने आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गराउनुभउकेा थियाे ।
जनता समाजवादी पार्टी, नेपालले ३२ असार, २०८२ मा सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गर्दै समर्थन फिर्ता लिएको थियो ।
रिट निवेदनमा प्रधानमन्त्री ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सभामुख देवराज घिमिरे, सङ्घीय संसद् सचिवालय र राष्ट्रपति कार्यालय शीतल निवासलाई विपक्षी बनाइएकाे छ ।
Facebook Comments

