रास्वपा र काठमाडाैंका मेयर बालेनकाे समूहवीच सहकार्यबारे छलफल

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहितकाे टाेली र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहकाे टाेलीवीच राजनीतिक सहकार्यकाे विषयमा छलफल भएकाे छ।

स्राेटका अनुसार रास्वपा सभापति रवि लामिछाने र बालेन शाहवीच भएकाे भेटमा फागुन २१ को आमनिर्वाचनका विषयमा कसरी सहकार्य गर्ने भन्ने बिषयमा छलफल भएकाे छ ।

रविले बालेनलाई नै प्रधानमन्त्री बनाउने गरी सहकार्य गर्ने प्रस्ताव राखेपनि ठाेस सहमति भने भइसकेकाे छैन ।

बालेनसमेत संलग्न देश विकास पार्टी र रास्वपा एकीकरण गर्ने र निर्वाचनमा एक भएर जाने विषयमा छलफल भएकाे हाे ।

छलफलमा रास्वपाको तर्फबाट सभापति लामिछानेसहित उपसभापति डिपी अर्याल सहभागी थिए भने बालेन समूहको तर्फबाट बालेन शाहसहित वार्ता समिति संयोजक कुमार बेन उपस्थित थिए ।

पछिल्लाे समय लामिछाने नेतृत्वकाे रास्वपा, कुलमान घिसिङ्ग नेतृत्वकाे उज्यालाे पार्टी नेपाल, बालेनकाे समूहवीच निर्वाचन लक्षित सहकार्यका लागि प्रयास भइरहेकाे छ ।

भेटबारे जानकारी दिंदै रास्वपा नेता असिम शाहले सामाजिक सञ्जालमा सुखद सुरूवात भएकाे उल्लेख गर्नुभएकाे छ ।

उहाँले लेख्नुभएकाे छ, ‘अन्ततः कथाको सुखद सुरुवात भएको छ । रवि र बालेन—दुई दाजु–भाइको मिलन भएको छ। यो व्यक्तिको मात्र होइन, देशले खोजेको आशाको मिलन हो । हामी सबै नेपाली लाई बधाई।’

Facebook Comments