मौसम: केही स्थानमा मेघगर्जनसहित वर्षा तथा तराइमा अत्याधिक गर्मीकाे सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

बुधबार धनगढी, नेपालगन्ज, भैरहवा, सिमरामा तापक्रम ३८ देखि ४० डिग्री सेल्सियस पुगेको थियो। भैरहवामा ४० देखि ४२ डिग्री अधिकतम तापक्रम पुगेको महाशाखाको विवरणमा उल्लेख छ।

tapkram-1745455907.png

ती क्षेत्रहरूका बिहीबार र शुक्रबार नै तापक्रम यथावत नै रहन सक्ने महाशाखाले जनाएकाे छ ।

केही ठाउँहरूमा तापक्रम ४० डिग्री सेल्सियससम्म पुग्ने देखिन्छ। विहीबार र शुक्रबार अझै तापक्रम बढ्न सक्ने महाशाखाले जनाएकाे छ ।

Facebook Comments