माैसमः जलवाष्पयुक्त हावाको प्रभाव, बागमती र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाकाे संभावना

नेपालमा मनसुनकाे प्रभाव कायमै छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ।

साथै, बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको देखिन्छ ।

महाशाखाले आज दिउँसो देशभर साधारणतया बदली रहने जनाएकाे छ । त्यस्तै बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरू र बाँकी तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार बागमती प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मधेश प्रदेश लगायत कोशी प्रदेश र लुम्बिनी प्रदेशको तराई भू-भागमा हावाहुरीको पनि सम्भावना रहेको छ ।

महाशाखाले जारी गरेकाे माैसम पूर्वानुमान बुलेटिनमा आज राती मधेश प्रदेश, कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने उल्लेख छ।

महाहाखाले कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, र गण्डकी प्रदेश लगायत देशका बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी तराई भु-भागका एक दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जनाएकाे छ।

त्यस्तै गण्डकी प्रदेशको पहाडी भू-भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

Facebook Comments