राैतहटमा सडक छेउमा सुटकेशभित्र महिलाकाे शव फेला
रौतहटमा सडक छेउमा छाडिएकाे सुटकेशभित्र महिलाकाे शव फेला परेकाे छ ।
रौतहटको गौर नगरपालिका-९ गौर-सिरसिया सडक खण्ड अन्तर्गत मुडवलबा गेट नजिक सडक किनारमा प्रहरीले शनिबार राती नै शंकास्पद सुटकेश फेला परेको थियो।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार विहान सुटकेश खाेलेर हेर्दा घाँटीमा डोरी र सलले बाँधिएको अवस्थामा महिलाकाे शव फेला परेकाे हाे ।
हत्यापछि सुटकेशमा राखेर फालेकाे हुनसक्ने प्रहरीले शंका गरेपनि फरेन्सिक जाँच गरेपछि मात्र थप विवरण थाहा हुनेछ ।
जिल्ला प्रहरी कार्यालय, रौतहटका सूचना अधिकारी डिएसपी राजु कार्कीका अनुसार शवको पहिचान खुलेकाे छैन भने शव पोस्टमर्टमका लागि अस्पताल पठाइएको छ।
Facebook Comments

