नेपाल पर्वतारोहण संघकाे अध्यक्षमा फुर गेल्जे शेर्पा निर्वाचित
नेपाल पर्वतारोहण संघ (एनएमए)को अध्यक्षमा फुर गेल्जे शेर्पा निर्वाचित हुनुभएकाे छ।
शेर्पाले प्रतिस्पर्धी कुलबहादुर गुरुङलाई पराजित गर्नुभएकाे हाे । सत्ता गठबन्धनमा रहेका कांग्रेस र एमालेनिकट पर्यटन व्यवसायीहरूले गुरुङलाई उम्मेदवार बनाएका थिए भने नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी निकट पर्यटन व्यवसायीहरूले शेर्पालाई उम्मेदवार बनाएका थिए ।
वरिष्ठ उपाध्यक्षमा शेर्पा समूहमा ईश्वर पौडेल विजयी हुनुभयाे । प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबो शेर्पा, द्वितीय उपाध्यक्षमा बोधराज भण्डारी ,महासचिवमा राजेन्द्र लामा विजयी भएका छन् । यसैगरी सचिवमा चन्दन थापा विजयी हुनुभयाे ।
सदस्यमा माधवकुमार धमला, केदार न्यौपाने, थुप्देन शेर्पा, गोकुल थापा, मुलाल गुरुङ, देण्डी शेर्पा, विक्रम कार्की, रिञ्जे शेर्पा, देवेन्द्र डङ्गोल, दिकी शेर्पा र निशा भोटे विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

कोषाध्यक्षमा ङिमा नुर्बु शेर्पा र सुमी लामाकाे बराबरी मत आएको छ । उनीहरूबिच कार्यकाल आधाआधा गर्ने सहमति भएको छ ।
नेपाल पर्वतारोहण संघ (एनएमए)को नेतृत्व चयनका लागि भएकाे निर्वाचनकाे मत परिणाम
- अध्यक्ष
फुर गेल्जे शेर्पा: ३४२ (विजयी)
कुल बहादुर गुरुङ: २८८
- वरिष्ठ उपाध्यक्ष
ईश्वरी पौडेल: ३४५ (विजयी)
टिका गुरुङ: २५८
- प्रथम उपाध्यक्ष
काजी शेर्पा: २५६
मिङ्मा ग्याबो शेर्पा: ३५९ (विजयी)
- द्वितीय उपाध्यक्ष
बोध राज भण्डारी: ३६८ (विजयी)
धन बहादुर गुरुङ:२३८
- महासचिव
राजेन्द्र बहादुर लामा: ३१८ (विजयी)
विमल नहर्की: २०९
शिव सापकोटा: ६८
- सचिव
चन्दन थापा: ३५८ (विजयी)
ङिमा दिकी शेर्पा: २४४
कोषाध्यक्ष
ङिमा नुर्बु शेर्पा: ३०४
सुमी लामा: ३०४
(आधा आधा कार्यकालका लागि गोलाप्रथा गर्ने सहमति )
- सदस्य:
माधवकुमार धमला: २७८
केदार न्यौपाने: ३०२
थुप्देन शेर्पा: ३२६
गोकुल थापा: २८८
मुलाल गुरुङ: ३५१
देण्डी शेर्पा: ३११
विक्रम कार्की: ३०६
रिञ्जे शेर्पा: ३०१
देवेन्द्र डंगोल: २९५
दिकी शेर्पा: २८८
निशा भोटे: ३०७

