माैसमः देशभर पश्चिमी वायूको आंशिक प्रभाव

जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।

महाशाखाले तराई भू-भागमा हुस्सु/कुहिरो लागेकाे जनाएकाे छ भने पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहने उल्लेख गरेकाे छ ।

तापक्रम भने देशैभर घट्दाे क्रममा रहेकाे छ। हिजाे पश्चिम तराईमा दिनभरि नै घाम लाग्ने संभावना कम रहेकाे पूर्वानुमान छ ।

तराई मात्र नभई पहाडी क्षेत्रका उपत्यका र नदी तटीय क्षेत्रहरूमा पनि हुस्सु लागेको छ भने काठमाडाैं उपत्यका लगायत देशैभर तापक्रम घटिरहेकाले चिसाे बढेकाे छ ।

Facebook Comments