राष्ट्रपति पाैडेलद्वारा संवैधानिक परिषद्सम्बन्धी विधेयक संसद्मा फिर्ता
राष्ट्रपति कार्यालयले संवैधानिक परिषद्सम्बन्धी विधेयक संसद्मा फिर्ता पठाएकाे छ । राष्ट्रपति रामचन्द्र पाैडेलले कानुनविद्हरूसँकाे परामर्शपछि विधेयक पुनर्विचार गर्नुपर्ने देखिएकाे भन्दै संसदमा फिर्ता पठाउनु निर्णय लिनुभएकाे हाे ।
संघीय संसद्का दुवै सदनबाट पारित भएको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयक संविधानको मर्मअनुकूल नरहेकाे राष्ट्रपति कार्यालयकाे ठहर छ ।
विधेयकलाई प्रमाणीकरणका लागि सभामुख देवराज घिमिरले असार ३१ गते राष्ट्रपतिकहाँ पठाउनुभएकाे थियाे ।
विधेयकमा संविधानको मर्म पालना नभएकाे भन्दै विभिन्न ५ कारण सहित फिर्ता गरिएकाे हाे । जसमा ५ सदस्यीय परिषद्काे २ जनाले निर्णय गर्न सक्ने प्रावधान समेत रहेकाे छ ।
Facebook Comments

