प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्नुहुने
प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्नुहुने छएकाे छ ।

दिउँसो ४ बजे मन्त्रिपरिषद् बस्ने र त्यसपछि साँझ ६ बजे कार्कीको सम्बोधन आउने प्रधानमन्त्री स्रोतले जानकारी दिएको छ ।
भाद्र २३ र २४ गते भएकाे जेनजी प्रदर्शनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुभएकाे थियाे ।
तत् पश्चात निकै अन्याेलका वीच भदौ २७ गते कार्की मुलुककै पहिलो महिला प्रधानमन्त्री बन्नुभएकाे थियाे । कार्की नेतृत्वकाे सरकारलाइ मुख्य गरी २०८२ फागुन २१ मा प्रतिनिधिसभाकाे निर्वाचन गर्ने म्यान्डेट छ ।
साथै जेनजी प्रदर्शनका क्रममा भएकाे सरकारी दमन र २४ गते निजी सार्वजनिक सम्पत्तिमाथि भएकाे क्षतिकाे छानविन गर्नुपर्ने दायित्व समेत यस सरकारमा छ ।
Facebook Comments

