भारतकाे कर्नाटकमा सवारी दुर्घटनामा ११ जनाकाे मृत्यु
भारतको कर्नाटकस्थित चित्रदुर्गमा सवारी दुर्घटना भएकाे छ । साे स्थानमा बस र लरी ट्रक ठोक्किँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् ।
बिबिसी हिन्दीका अनुसार बिहीबार बिहान २ बजे बेंग्लुरूदेखि गोकर्ण जाँदै गरेको बस र विपरीत दिशातर्फबाट आउँदै गरेको ट्रक ठोक्किएको थियो ।

ठक्करपछि बसमा आगो लागेको र पूर्ण क्षतिग्रस्त भएकाे छ ।
बसमा ३२ यात्रु सवार थिए। हालसम्म ११ शवको पहिचान भएको र सबै घाइतेहरूलाई उपचारका लागि अस्पताल पुर्याइएको स्थानीय प्रहरीले जनाएकाे छ ।
Facebook Comments

