म्याग्दीको ताकममा युनाईटेड क्लबको बृहत स्वास्थ्य शिविर

युनाईटेड क्लब, पाेखराको आयोजनामा म्याग्दीको धवलागिरी गाउँपालिका ७ ताकममा बृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

धवलागिरी गाउँपालिका र पोखरा रानीपौवामा रहेको मेडि प्लस हस्पिटल एण्ड ट्रमा सेन्टरको प्राविधिक सहयोग र पोखरा १० राम बजारमा रहेको नरहरी पोलिक्लिनकको ब्यवस्थापनमा सम्पन्न शिविरमा ९ सय ५७ जनाले स्वास्थ्य जाँच गराएका थिए ।

शिविरमा ३ सय २५ जनाले भिडियो एक्सरे, ४ सय जनाले इसिजीको सेवा लिएका थिए भने अन्यले स्वास्थ्य परिक्षण, परामर्श र निःशुल्क औषधी सम्बन्धी सेवा लिएका थिए । शिविरमा नाक, कान, घाँटी, स्त्री तथा प्रसुतिरोग, मुटु, छाती, पेट, हाडजोर्नी, नशा, बाल र छालारोग सम्बन्धी परिक्षण तथा सुगर र प्रेसरको परिक्षण गरिएको थियो ।

शिविरमा धवलागिरी गाउँपालिकाका ताकम, धारापानी, हिलापोखरी, शिवाङ, काफलडाँडा, मच्छिम, मुना, पलीयागाउँ, दर, मुदी, खिवाङ, खोरीया, लमसुङ, लुलाङ, गुर्जा लगायतका बासिन्दाहरुको सहभागीता रहेको थियो ।

शिविरमा चिकित्सकहरु एशोसिएट प्रोफेसर डा. सरोज पोखरेल, एशोसिएट प्रोफेसर डा. रोशन पंगेनी, डा. आनन्द भट्टराई, डा. नारायण ओझा, कल्याण बराल, रेखा गाहा, उज्वल शाह, प्रदीप सिग्देल, रेशम राना, उज्वल भण्डारी, सुमित शाह, सदिक्षा गुरुङ, आर्या भण्डारी, निज्ञा श्रेष्ठ, विनिता रानाभाट, अच्युत आचार्य, शोभाकर पाण्डे, प्राविधिक सहयोगीहरु नरहरि पनेरु, सन्दिप केसी, नर्सहरु सुस्मिता विश्वकर्मा, सलिना गुरुङ, नम्रता भट्टराई, अस्मिता विश्वकर्मा, शारदा गुरुङ, फार्मेसी तर्फ अमृत बस्नेत, सुजन राजभाट, निश्चल रानाभाट, दिल बहादुर क्षत्री, ल्याब टेक्निसियन समिता बिक संगै ताकम स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुले सहजीकरण गरेका थिए ।

स्वास्थ्य शिविरको उद्घाटन गर्दै धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेम प्रसाद पुनले पोखरामा रहेको युनाईटेड क्लबले आफ्नो गाउँपालिकामा आएर स्वास्थ्य शिविरको आयोजना गरि आफ्नो गाउँपालिका बासीलाई स्वास्थ्य सेवा प्रदान गरेकोमा आभार प्रकट गर्नुभयाे ।

युनाईटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले युनाईटेड क्लबे स्थापना कालदेखिनै शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनमा काम गर्दै आइरहेको र धवलागिरी गाउँपालिकाको ताकम जस्ता विभिन्न ग्रामीण भेगमा वर्षेनी स्वास्थ्य शिविरको आयोजना गर्दै आइरहेको बताउनुभयाे ।

स्वास्थ्य शिविरमात्र नभइ क्लबले आर्थिक अभावमा उपचार गराइरहेका बिरामीहरुलाई समेत अस्पतालमा पुगेरै आर्थिक सहयोग संगै विशेषगरी ग्रामीण बस्तीमा बसोबास गर्ने समुदायलाई लक्षित गरी युनाईटेड क्लबले स्वास्थ्य शिविरलाई निरन्तरता दिएको उहाँको भनाइ रहेको थियो ।

Facebook Comments