पार्टी नेतृत्वबारे उठेकाे प्रश्न विधिले नै निर्क्याैल गर्छः ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा नेतृत्व परिवर्तनकाे बिषयमा सडकबाट समाधान दिन नसक्ने बताउनुभएकाे छ ।
प्रेस चाैतारी सम्बद्ध पत्रकारहरूसँगकाे कुराकानीमा उहाँले पार्टीमा कमिटीहरू रहेकाले साेही कमिटी एवं विधि विधान रहेकाले सडकबाट पार्टी नेतृत्वबारे निरूपण हुन नसक्ने बताउनुभएकाे हाे ।
अध्यक्ष ओलीले भाद्र २३ र २४ गते भएकाे जेनजी प्रदर्शनका क्रममा र अहिले पनि आफूमाथि निसाना साँधिएकाे उल्लेख गर्नुभएकाे थियाे । साथै उहाँले भ्रष्टाचार नगर्नु नै अपराध मानिएको जिकीर गर्नुभयाे ।
Facebook Comments

