तीन संसदीय समितिकाे बैठक बस्दै

आज सङ्घीय संसद् अन्तर्गतका तीन वटा समितिको बैठक बस्दैछन् । राज्य व्यवस्था सुशासन समिति,  विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्योजित विधायन समितिको बैठक बस्न लागेको हो । 

राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचनको प्रक्रिया अगाडि बढाउने कार्यक्रम छ । यद्यपी, सो समितिको सभापतिमा सांसद ईश्वरी न्यौपाने निर्विरोध निर्वाचित हुनुभएकाे छ । प्रक्रिया भने पुरा गर्न बाँकी छ ।

यस्तै, विधायन व्यवस्थापन समितिको बैठकमा ‘सङ्घीय निजामति सेवा विधेयक, २०८०’ माथि दफावार छलफल हुने कार्यक्रम छ भने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा ‘समितिको छैटौं वार्षिक प्रतिवेदन २०८१/८२ का सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।

Facebook Comments