गणेश चतुर्थी पर्व मनाइँदै

गणेश चतुर्थी पर्व आज मनाइँदै छ । आजकाे दिनमा हरेक पुजा लगायतका धार्मिक कर्मका लागि अग्रपूजाको अधिकार प्राप्त गरेका विघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरिन्छ ।

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन यो पर्व मनाइन्छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ ।

यस अवसरमा आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजाआराधना गर्ने चलन छ ।

आज हरितालिका (तीज) को व्रत पारायण गरी गणेशको व्रत गर्ने गरिन्छ ।

Facebook Comments