सुरक्षा संयन्त्रले केही पनि गर्न सक्दिनँ भनेको ओलीकाे दाबी

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सुरक्षा संयन्त्रले केही गर्न सक्दिन भनेकाे बताउनुभएकाे छ । सेनाले उद्दार सम्म गरेकाे अन्यथा गत भदौ २४ गते आफू मारिने अवस्था रहेकाे उहाँकाे दाबी छ ।

सुरक्षाकर्मी र सुरक्षा संयन्त्र माथि सरकारकाे भराेसा रहेकाे भएपनि साे अनुरूप कार्य हुन नसकेकाे, प्रर्दशन हठात् सत्ता पल्टाउने ढंगले बढेकाले आफूले तयारी नै गर्न नपाएको ओलीको जिकीर थियाे ।

पार्टीका विभिन्न नेताहरूसँग भक्तपुरको गुण्डुस्थित डेरामा भेटघाटका क्रममा ओलीले यस्ताे बताउनुभएकाे हाे ।

उहाँले भदाै २४ गते पाँच मिनेट मात्रै बालुवाटारबाट निस्कन ढिला भएको भए आफूलाई मार्ने योजना बताइएको दाबी गर्नुभयाे ।

शुक्रबार लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालका अध्यक्ष पासाङ शेर्पासहितको समूहसँगको भेटमा प्रदर्शनकारीहरूको आफूलाई मार्ने र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई घाइते बनाउने योजना रहेको थाहा पाएकाे बताउनुभएकाे हाे ।

Facebook Comments