राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेबे निर्वाचित
पोखरामा सम्पन्न नेकपा एमाले निकट राष्ट्रिय युवा संघको महाधिवेशनबाट अध्यक्षमा क्षितिज थेबे निर्वाचित हुनुभएकाे छ ।
मंगलबार सम्पन्न १० औँ राष्ट्रिय महाधिवेशनकाे निर्वाचनबाट एमाले अध्यक्ष केपी शर्मा ओली निकट थेवे निर्वाचित हुनुभएकाे हाे ।
उहाँ प्रतिस्पर्धी सुमन पुरीलाई १ सय ८८ मतान्तरले हराउँदै थेबे अध्यक्षमा निर्वाचित हुनुभएकाे हाे । थेबेले ७ सय ९६ मत ल्याउँदा पुरीले ६ सय ८ मत ल्याएका छन् ।
सर्वसम्मतीको प्रयास असफल भएपछि निर्वाचनबाट नयाँ नेतृत्व चयन गरिएको हो । मतदानमा १ हजार ७६४ प्रतिनिधिमध्ये १ हजार ४ सय ४ जना सहभागी भएका थिए ।
अध्यक्षका उम्मेदवार थेबेको प्यानलबाट उपाध्यक्षमा महाराजा गुरूङ र विनय शाही, महासचिवमा महेश चौलागाईं र उपमहासचिवमा उपेन्द्र शाही, खुला सचिवमा मदन भण्डारी, देवु बस्नेत, महिला सचिवमा निशा लिम्बू र मधेशी सचिवमा मोबिन आलम उम्मेदवार बनेका थिए । उनीहरू सबै निर्वाचित भएकाे युवा संघका इञ्चार्ज राजीव पहारीले जानकारी दिनुभयाे ।

