माैसमः धेरै स्थानमा मध्यम वर्षा

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीबाट मनसुनी हावाको प्रभाव केही बढेको छ ।

महाशाखाले आज दिउँसो बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने जनाएकाे छ ।

त्यस्तै बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भु-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले लुम्बिनी प्रदेशको तराइ साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान बुलेटिनमा उल्लेख गरेकाे छ ।

त्यस्तै आज राती देशभर साधारणतया बदली रहनेछ भने देशका पहाडी भू-भागका धेरै स्थानहरू र बाँकी भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

गण्डकी प्रदेश,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको पहाडी भू-भाग साथै लुम्बिनी प्रदेश र कोशी प्रदेशकाे तराइका भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

Facebook Comments