लेखनाथ उद्योग वाणिज्य संघकाे नेतृत्वका लागि जानुका पराजुलीको नेतृत्वमा प्यानल घोषणा
लेखनाथ उद्योग वाणिज्य संघको नेतृत्वका लागि पहिलाेपटक महिला नेतृ जानुका पराजुली अधिकारीले अध्यक्ष पदका लागि उम्मेदवारी घाेषणा गर्नुभएकाे छ ।

संघको इतिहासमा पहिलो पटक एक महिला नेतृ, वर्तमान महासचिव जानुका पराजुली अधिकारीले अध्यक्ष पदमा उम्मेदवारीकाे घाेषणा गर्दै प्यानल सार्वजनिक गर्नुभउकाे छ ।
आगामी भदौ २० र २१ गते हुन लागेको यस अधिवेशनमा अधिकारीको प्यानलले आफ्नो उम्मेदवारी घोषणा गरेसँगै यसले व्यापक चर्चा पाएको छ । अधिकारीको प्यानलमा वरिष्ठ उपाध्यक्षमा गोपिचन्द्र बास्तोला, प्रथम उपाध्यक्ष विक्रम कर्माचार्य, द्वित्तिय उपाध्यक्ष धु्रबबाबु भट्टराई (आई.डी.), महासचिव भरतराज ओझा, उपमहासचिव गंगाकुमारी मल्ल र कोषाध्यक्ष हरी बस्ताकोटी रहेका छन्।
यस्तै, खुल्ला सदस्यमा प्रतिक्षा रानाभाट, प्रभाकुमारी पौडेल लामिछाने, विरेन्द्रराज भुर्तेल, भविन्द्र पुन (भविन), सुजन न्यौपाने, दिपक अधिकारी, कृष्णप्रसाद तिमिल्सिना, सन्दिप बुढाथोकी जस्ता युवा तथा अनुभवी अनुहारहरू समावेश छन् । महिला सदस्यमा सर्मिला श्रेष्ठ र गंगा परियारको उम्मेदवारी घाेषणा भएकाे छ ।
एसोसियट सदस्यमा दयाराज भण्डारी र संस्थागत सदस्यमा विरभद्र कंडेलसहितको यो प्यानलले लेखनाथको समग्र व्यावसायिक विकासका लागि दूरगामी भिजन बोकेको दावी गरेकाे छ ।
अध्यक्ष पदका प्रत्यासी अधिकारीले महासचिवका रूपमा कार्यभार कुशलताका साथ निभएकाे र संघलाई अझ विस्तार गर्दै उद्योगी, व्यवसायीको क्षेत्रमा नयाँ कार्य गर्ने, आफ्नै गाउँमा बसेर युवालाई उद्यम, व्यवसाय गर्न उत्प्रेरित गर्ने उद्धेश्य रहेकाे बताउनुभयाे ।
संघमा लेखनाथ क्षेत्रमा रहेर विभिन्न व्यवसायमा संलग्न व्यवसायीहरूकाे सहभागिता छ ।

