एमाले सचिवालय बैठक बस्दै

नेकपा (एमाले) सचिवालय बैठक आइतबार दिउँसो बस्दैछ। सचिवालय बैठक दिउँसो १ बजे अध्यक्ष केपी शर्मा ओलीनिवास गुण्डुमा बोलाइएको छ।

आजको बैठकमा भदौ २३ र २४ गतेको आन्दोेलनको गम्भीर समीक्षा गर्ने चयारी छ । जेन–जी विद्रोहबाट सत्ताच्युत भएपछि अध्यक्ष ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएर नेपाली सेनाको ब्यारेकमा जानुपरेकाे थियाे ।

गत असोज २ गते मात्रै उहाँ ब्यारेकबाट गुण्डुस्थित डेरामा फर्कनुभएकाे हाे । अध्यक्ष ओली निस्कन केही ढिलाइ हुने भएकाले बैठक बोलाएर परिस्थितिबारे छलफल गर्ने र धारणा बनाउने माग नेताहरूकाे भएपनि बैठक भने हुन सकेकाे थिएन ।

ओलीले जेनजी प्रर्दशन आफू विरूद्धकाे षडयन्त्रका रूपमा अर्थ्याउँदै आफू नेतृत्वको तत्कालीन सरकार र देशविरूद्ध गम्भीर षड्यन्त्र भएको र त्यसको प्रतिवाद गर्नुपर्ने बताउँने गर्नुभएकाे छ ।

नेताहरूले जानकारी दिएअनुसार सचिवालय तहका नेताहरूले ओलीलाई पद छाड्न भनेका छन्न । तर ओली भने तत्काल नेतृत्व छाड्ने पक्षमा नरहेकाे बुझिएकाे छ ।

Facebook Comments