माैसमः तराई हुस्सु/कुहिरो लाग्ने, कोशी र गण्डकी प्रदेशकाे उच्च भू-भागका एक-दुई स्थानमा हिमपातको सम्भावना
देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसोसम्म पनि तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो लागिरहने संभावना छ ।
त्यस्तै सबै प्रदेशका तराई भू-भागमा मध्यान्नको समयसम्म हुस्सु/कुहिरोको सम्भावना रहेको पनि महाशाखाले उल्लेख गरेकाे छ।
महाशाखाका अनुसार देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहनेछ । त्यस्तै कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।
महाशाखाले आज राती तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु लाग्ने जनाएकाे छ । त्यस्तै कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।
महाशाखा अनुसार गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

