रास्वपा र उज्यालाे नेपाल पार्टीवीच एकता प्रयास जारी

राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल र उज्यालाे नेपाल पार्टीवीच एकताका लागि प्रयास भइरहेकाे छ । रास्वपा सभापति रवि लामिछाने, काठमाडौंका मेयर बालेन शाह र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच आइतबार मध्यरातसम्म भएको एकता वार्ता विफल भएको स्राेतले जनाएकाे छ ।

एकता प्रयासका लागि साेमबार पनि नेताहरु छलफलमा भने बस्ने बताइएकाे छ ।

फागुन २१ गतेका लागि ताेकिएकाे निर्वाचनका लागि आज निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्ने अन्तिम दिन भएकाले छलफल निष्कर्षमा पुर्याउनुपर्ने दवाव छ ।

रवि, बालेन र कुलमानबीच एकताको प्रयासमा केही दिन अगाडिदेखि नै हुँदै आएपनि पदीय बाँडफाँडमा समस्या भएकाे हाे ।

कुलमानसँगको छलफलमा सहमति नभएपछि आइतबार बिहान रवि र बालेनबीच एकताको सात बुँदे सम्झौता भएको थियो ।

जेनजी युवा अगुवाहरुले कुलमानसँग पनि मिल्न दबाब सिर्जना गरिरहेका छन् ।

Facebook Comments