अखिल क्रान्तिकारीकाे अध्यक्षमा विजयप्रकाश सापकाेटा निर्वाचित
अखिल क्रान्तिकारीकाे नयाँ नेतृत्व चयन प्रक्रिया टुंगिएकाे छ ।
३३ पदाधिकारी, ४८ सचिवालय सदस्य, १६२ केन्द्रीय सदस्य र तीन केन्द्रीय निकायका पदाधिकारीका लागि गत माघ १३ गते भएको अखिल क्रान्तिकारीको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक गरिएको छ ।

सार्वजनिक गरिएकाे मतपरिणाम अनुसार अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी हुनुभएकाे छ । सापकाेटा ६ सय ८६ मत ल्याएर निर्वाचित हुनुभएकाे हाे ।

त्यस्तै, महासचिवमा रोशन थापा मागर ५ सय ९८ मतसहित निर्वाचित हुँदा कोषाध्यक्षमा फूलमाया रानामगर ५९६ मतसहित निर्वाचित हुनुभएकाे छ ।
उपाध्यक्षहरूमा सन्दिप पुन (६५७), ममता अधिकारी (८८२), कृष्ण बहादुर सुनार (४४५), उमेश कँडेल (३८९), अटल आचार्य (५७१) र मदन ढकाल (५४१), विराज थापा (४८२), दीपा जैसी (४०८) र अभिमन्यू यादव (५७५) निर्वाचित भएका छन् ।
विधान अनुसार एक अध्यक्ष, खुल्ला ४ र समावेशी ५ गरी ९ उपाध्यक्ष, एक महासचिव, ९ उपमहासचिव, १२ सचिव र १ कोषाध्यक्षका लागि निर्वाचन भएको थियो ।
उमेर हद, निर्वाचनमा मतपत्रमा प्रयाेग गरिएकाे मसी लगायतका बिषयमा विवाद हुँदा नेतृत्व चयन प्रक्रिया लम्बिएकाे थियाे ।

