शिक्षक महासंघकाे आन्दोलन जारी
नेपाल शिक्षक महासंघकाे नेतृत्वमा शिक्षकहरूकाे काठमाडाैं केन्द्रित आन्दोलन जारी रहेकाे छ ।
महासंघले सरकारसँगको वार्तालाई सँग अघि बढाएकाे छ । यसअघि मंगलबार बसेको महासंघको विस्तृत बैठकले आन्दोलनसँगै वार्तालाई समेत अगाडि बढाउने निर्णय गरेको हो ।
सरकारसँगको वार्ताका लागि महासंघले विभिन्न सर्तहरु राखेको छ । महासंघले राखेकाे ९ बुँदे प्रस्तावमाथि बुधबार पनि छलफल हुँदैछ ।
महासंघका अध्यक्ष लक्ष्मीकिशाेर सुवेदीले आन्दोलनसँगसँगै सरकारसँग वार्ता भएकाे र शिक्षकका पक्षमा अडान राखिएकाे उल्लेख गर्नुभएकाे छ ।
क्याबिनेटले गर्ने निर्णय, ऐन आउने सुनिश्चतता महासंघले खाेजिरहेकाे छ ।
९ बुँदे प्रस्ताव सहमति नभएको खण्डमा आफुहरु सहमति नगर्ने र आन्दोलन नरोकिने महासंघकाे चेतावनी छ ।
आन्दोलन जारी रहेकाे भन्दै सुवेदीले सदा झैं ठिक ११ः०० बजे माइतीघर मण्डलामा उपस्थित हुन शिक्षकहरूलाई अनुराेध गर्नुभएकाे छ ।
‘मेरो आन्दोलन मेरो सहभागिता । बलियो उपस्थिति, बलियो आन्दोलन,– बलियो आन्दोलन, बलियो उपलब्धि ।’ भन्ने नारा सहित शिक्षकहरू गत चैत्रकाे २० गतेदेखि आन्दोलनमा छन् ।

