कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सोमबारदेखि बस्दैछ । बैठक दिउँसो एक बजेका लागि आह्वान भएको बैठकमा ६ वटा एजेण्डामाथि छलफल हुनेछ ।

आइतबार बिहान सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले बैठकका लागि ६ एजेण्डा तय गरेको थियो । 

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकको पहिलो एजेण्डाका रूपमा पार्टीले सञ्चालन गरेको १०० दिने अभियानको कार्यपत्र पेस गर्ने राखिएको छ । यो अभियानमा कांग्रेसले केन्द्रीय नेताहरूलाई जिल्ला जिल्लामा खटाएको थियो । 

बैठकको दोस्रो एजेण्डा भ्रातृसंस्थाको तदर्थ समितिबारे, तेस्रो एजेण्डा क्रियाशील सदस्यताको नवीकरण, चाैंथाेमा जनसम्पर्क समितिमा दुई किसिमको सदस्यता दिने व्यवस्था गर्नका लागि विधान परिमार्जनको प्रक्रिया सुरु गर्ने लगायत छन् ।

त्यस्तै पाँचौँ एजेण्डाका रूपमा पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले स्मारिका प्रकाशन गर्ने र छैटाैंमा समसामयिक राजनीति राखिएको छ ।

Facebook Comments