रास्वपाबाट रूपन्देही ३ मा डा.लेखजंग थापा उम्मेदवार निश्चित

आगामी कात्तिक १७ गते हुने रुपन्देही– ३ उपनिर्वाचका लागि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) बाट डा लेखजंग थापा उम्मेदवार बन्ने निश्चित भएकाे छ। कार्यवाहक सभापति डोल प्रसाद अर्यालले थापालाई आइतबार चुनाव चिन्ह ‘घण्टी’ दिएर उम्मेदवार बनेको घोषणा गर्नुभएकाे हाे ।

सिद्धार्थनगर–९, अञ्चलपुरमा जन्मिएका डा. थापा प्राइमरी इलेक्सन, लिडरशिप एकेडेमी, पोलिटिकल प्रोग्जोमिटीमा विधिबाट अन्य ८ जनालाई पछि पारेर उम्मेदवार छनोट हुन सफल हुनुभएकाे हाे ।

उपनिर्वाचनका लागि सिद्धार्थनगर–९ का थापासहित सुलभ खरेल (बुटवल–१६), पार्थिवेन्द्र उपाध्याय (सिद्धार्थनगर–७), ज्ञानु पौड्याल (सिद्धार्थनगर–८), जीतबहादुर गुप्ता (सिद्धार्थनगर–१), कुसुम महर्जन (मध्यपुर ठिमी– ६ भक्तपुर), रचना क्षेत्री (सिद्धार्थनगर–३), पुनमकुमारी अग्रवाल (सिद्धार्थनगर–८) र मधुप्रसाद अर्याल (बुटवल–१७ रुपन्देही) आकाङ्क्षी रहेका थिए ।

उम्मेदवार घाेषित सिद्धार्थनगर–९, अञ्चलपुरमाका डा. थापा वरिष्ठ न्युरोलोजिस्ट र सामाजिक अभियन्ताकाे रूपमा सक्रिय हुनुहुन्छ ।

Facebook Comments