माैसमः केही स्थानमा हिमपात र एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

बंगालको खाडीमा विकसित भएको चक्रवात “मोन्था” हाल भारतको मध्य प्रदेश आसपासमा न्यूनचापीय क्षेत्रका रुपमा रहेको र सो प्रणालीको कारणले नेपालको मौसममा प्रभाव देखिएकाे छ ।

केही स्थानमा हिमपात र एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाे माैम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

साे प्रभाव शुक्रबार साँझसम्म रहने र ततःपश्चात मौसममा क्रमिक रुपमा सुधार हुने जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार नेपालमा हाल पश्चिमी वायू र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ ।

महाशाखाले जारी गरेकाे माैसम पूर्वानुमान बुलेटिन अनुसार शुक्रबार दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भू-भागमा पूर्ण बदली रही तराई भू-भागमा साधारणतया बदली रहने छ ।

त्यस्तै कोशी प्रदेश र मधेश प्रदेश अधिकांश स्थानहरूमा, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

कर्णाली प्रदेशको थोरै स्थानहरूमा तथा सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने केही स्थानमा भने हिमपात र भारी वर्षाकाे संभावना छ ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा तथा कर्णाली प्रदेशका केहि स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा मध्यम हिमपातको सम्भावना रहेको छ ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भारी हिमपात साथै कोशी प्रदेश र मधेश प्रदेश थोरै स्थानहरुमा, गण्डकी प्रदेश र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

Facebook Comments