सपना प्रधान मल्ल कामु प्रधानन्याधीशकाे जिम्मेवारीमा

सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत उमेर हदका कारण सेवा निवृत्त हुनुभएकाे छ ।

बुधबारदेखि सर्वाेच्च अदालतकाे वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्नुहुनेछ ।

वकालतमा ३३ वर्ष र सर्वोच्च अदालतको न्यायाधीशका रूपमा ८ वर्ष बिताउनुभएकाे राउत उमेरहदका कारण सेवानिवृत्त हुनुभएकाे हाे । राउत वि.सं २०८१ असोज २० मा प्रधानन्यायाधीश बन्रुभएकाे थियाे । २०७३ साउन १७ गते न्यायाधीशका रूपमा प्रवेश गर्दा नै उहाँ प्रधानन्यायाधीशको रोलक्रममा थिए । ६५ वर्ष उमेरहदका कारण अनिवार्य अवकाश भएसँगै राउतलाई मंगलबार मल्लले बिदाइ गर्नुभयाे ।

भावी प्रधान न्यायाधीशका लागि न्याय परिषद्ले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश मल्लसहित न्यायाधीशहरू कुमार रेग्मी, हरि फुयाँल, डा मनोजकुमार शर्मा, डा नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको छ ।

प्रधानन्यायाधीशले अवकाश पाउनुभन्दा एक महिना अगाडि संवैधानिक परिषद्को बैठकले नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । संसदीय सुनुवाइबाट अनुमोदन भएपछि राष्ट्रपतिले नयाँ प्रधानन्यायाधीश नियुक्त गर्ने व्यवस्था छ ।

प्रतिनिधिसभाकाे बैठक बस्ने संसदीय सुनुवाइ हुने लगायतका काम हुन समय लाग्ने भएपछि मल्लले कामुकै रूपमा केही समय सर्वाेच्चकाे नेतृत्व सम्हाल्नुपर्ने हुन्छ । उहाँ संविधानसभा सदस्य समेत हुनुभएकाे थियाे ।

Facebook Comments