ब्राेडपिक हिमालमा पुर्जा (निम्स दाइ)सहित नेपाली ६ जनाको निधन
विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पुर्जा (निम्स दाइ) सहित ६ जना नेपालीको निधन भएको छ ।
पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी बेपत्ता भएका पुर्जाको मृत्यु भएको पुष्टि भएको हो । पुर्जा संस्थापक रहेकाे संस्था एलिट एक्सपेडले सामाजिक सञ्जालमार्फत पुष्टि गर्दै दुःख व्यक्त गरेकाे छ ।

एलिट एक्सपेडले पुर्जा नेतृत्वको १० जनाको आरोही टोली बिहीबार बिहान १० बजे हिमपहिरोमा परेकाे थियाे । आरोही टोलीमा ६ नेपाली र चार विदेशी थिए। सबै जनाकाे निधन भएकाे छ ।
आरोहण क्रममा करिब ६ हजार ७ सय मिटरको उचाइमा पुगेपछि हिमपहिरो खसेको थियो । शनिबार बिहान ७/८ बजेदेखि खोजी कार्य सुरू गरिएको थियाे । अपराह्न उनीहरूको मृत्यु भएको पुष्टि भएको हो।
आरोहण टोलीमा नेपालका निम्सदाइ सहित पुरबहादुर गुरूङ ‘युक्ता’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा र नवाङ थिन्डु शेर्पा रहेका थिए । त्यस्तै विदेशी आरोहीमा ओमानका नधिरा अहमद अब्दुल्लाह अल हार्थी, पाकिस्तानका सोहेल साखी, चीनका वाङ जोङ र अमेरिकाकी मालोरी गाइस् रहेका थिए ।
पुर्जाकाे नाममा ८ हजार मिटरभन्दा अग्ला विश्वका सबै १४ हिमाल केवल ६ महिना ६ दिनमा आरोहणकाे नयाँ विश्व कीर्तिमान थियाे ।
यसैवीच प्रधानमन्त्री बालेन्द्र शाहले निम्सदाइ सहित आरोहण टोलीका सदस्यहरूकाे निधनप्रति दुःख व्यक्त गर्नुभएकाे छ ।
यस्ताे प्रधानमन्त्रीकाे श्रद्धाञ्जली एवं समवेदना सन्देश
रोहण केवल शिखर चुम्ने यात्रा होइन । यो साहस, अनुशासन, त्याग र मानवीय सीमालाई चुनौती दिने अदम्य आत्मविश्वासको सर्वोच्च अभिव्यक्ति हो । हिमालले धेरैलाई शिखरको गौरव दिन्छ, कहिलेकाहीँ आफ्नै काखमा सधैँका लागि अँगालेर पनि राख्छ । तर, हिमाल आरोहीहरू आफ्नो साहस र समर्पणका कारण इतिहासमा सधैँ अमर रहन्छन् ।
विश्वको १२औँ अग्लो हिमाल, पाकिस्तानको काराकोरम पर्वत–शृङ्खलामा अवस्थित ८,०५१ मिटर अग्लो ‘ब्रोड पिक’मा विश्व कीर्तिमानधारी निर्मल पुर्जा (निम्स दाइ) सहित छ जना नेपाली तथा अन्य चार विदेशी आरोहीहरूको दुःखद निधनले स्तब्ध बनाएको छ ।
निर्मल पुर्जा लगायत सम्पूर्ण दिवङ्गत आरोहीहरूको भौतिक यात्रा मात्रै रोकिएको हो, तर उहाँहरूको साहस, समर्पण र योगदानको इतिहास सधैँ प्रेरणायुक्त र जीवित रहिरहनेछ ।
सम्पूर्ण दिवङ्गत आरोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली । शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकहरूप्रति हार्दिक समवेदना ।
त्यस्तै एलिट एक्सपेडले दुःख व्यक्त गर्दै राखेकाे सन्देश


