पाेखरामा विद्युत ३ दिनसम्म ४ः३० घण्टा आपुर्ति बन्द हुने

नेपाल विद्युत प्राधिकरण, पाेखरा वितरण केन्द्रकाे पाेखरा सवस्टेशनबाट पाेखरामा प्रवाह हुने विद्युत आपुर्ति ३ दिनसम्म ४ः३० घण्टा बन्द हुने भएकाे छ ।

पाेखरा ग्रिड महाशाखा कास्कीले जारी गरेकाे सूचनामा पाैष १८ देखि २० गतेसम्म विहान ६ः३० बजेदेखि १०ः०० बजेसम्म विद्युत आपुर्ति बन्द हुने उल्लेख छ ।

सवस्टेशनमा बसबार अपग्रेडेसन गर्नका लागि विद्युत आपुर्ति बन्द गर्न लागिएकाे सूचनामा उल्लेख छ ।

Facebook Comments